काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण विश्वमा हालसम्म १२ लाख १९३ जनाको मृत्यु भएको छ भने ४ करोड ६३ लाख ७३ हजार ७७७ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड ३४ लाख ८३ हजार ५१६ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड १६ लाख ९० हजार ६८ रहेको छ ।
यसैबीच भारतमा अहिलेसम्म १ लाख २२ हजार १४९ जनाको मृत्यु भएको छ भने ८१ लाख ८२ हजार ८८१ जनालाई संक्रमण भएको छ । त्यस्तै ७४ लाख ८९ हजार २०३ जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ७१ हजार ५२९ जनाको उपचार भईरहेको छ । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ । भारतमा शनिवार ४६ हजार ७१५ जना संक्रमित थपिएका छन् भने ४६८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया