आठ लाखको अखाद्य वस्तु नष्ट

बैतडी । बैतडीमा गत असोज पहिलो साताबाट गरिएको बजार अनुगमनका क्रममा सात लाख ७० हजारको म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको थियो । संयुक्त बजार अनुगमन समितिले गत महिना विभिन्न बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो । असोज पहिलो सातादेखि असोज अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको थियो ।

उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत बिक्री वितरण भइरहेको लेखकले जानकारी दिए । उनले भने, “म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीहरुले हेर्ने गरेका छन् न उपभोक्ताले नै । बजारमा म्याद नाघेका सामग्री बिक्री वितरण भइरहेका छन् ।”

बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्यसूची राख्नसमेत आग्रह गरिएको छ । चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?