काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५२ औँ म्याचमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ५ विकेटले पराजित गरेको छ ।
हैदराबादको सीजनमा यो छैटौँ जीत हो । यसका साथै टीम अंकतालिकाको टप ४ मा पुगेको छ । यो जीतसँगै हैदराबादले प्लेअफमा जान सक्ने आफ्नो सम्भावना जीवितै राखेको छ ।
हार पछि पनि ब्यांग्लोर अंक तालिकाको दोश्रो नम्बरमा यथावत छ । टस हारेर पहिला ब्याटिङ गरेको ब्यांग्लोरले १२१ रनको टार्गेट दिएको थियो ।
यसको जवाफमा हैदराबादले १४.१ ओभरमा ५ विकेट गुमाउँदै १२१ रन बनायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया