दमौली । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको बन्दीपुरमा निर्माणाधीन इलाका प्रहरी कार्यालयको भवनको आज अनुगमन गरेका छन् । हालसम्मको प्रगति विवरण बुझ्नका मन्त्री चुमानले भवनको अनुगमन गरेका छन् ।
अनुगमनपछि मन्त्री चुमानले समयमै गुणस्तरीय भवन निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।
विसं २०७६ फागुन १७ गते सम्झौता भएको भवन २०७७ फागुन १७ गतेभित्र सम्पन्न गर्ने म्याद रहेको छ । तीन करोड ३२ लाखमा काभ्रेस्थित ब्राइट मल्टि कन्स्ट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ ।
प्रदेश सरकारले बन्दीपुरका साथै आँबुखैरेनी र घिरिङमा पनि प्रहरी कार्यालयको भवनका लागि बजेट विनियोजन गरेको मन्त्री चुमानले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया