कोरोनाबाट सबैभन्दा धेरै प्रभावित १० देश

काठमाडौं । विश्भवर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ६० लाख नाघेको छ । हालसम्म कोरोना संक्रमितका हिसावले अमेरिका पहिलो नम्बरमा रहेको छ ।

अमेरिकामा हालसम्म संक्रमितको संख्या ९३ लाख २३ हजारको हाराहारीमा रहेको छ ।

यसैगरी अमेरिकामा पछि भारतमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । भारतमा हालसम्म संक्रमितको संख्या ८१ लाख ४३ हजारको हाराहारीमा हुँदा तेस्रो स्थानमा रहेको ब्राजिलमा ५५ लाख १९ हजारको हाराहारीमा संक्रमित रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

यसैगरी रसियामा १६ लाख १८ हजार, फ्रान्समा १३ लाख ३१ हजार, स्पेनमा १२ लाख ६४ हजार, अर्जेन्टीनामा ११ लाख ५७ हजार, कोलोम्बियामा १० लाख ६३ हजार, युकेमा ९ लाख ९ हजार, मेक्सिकोमा ९ लाख १ हजारको हाराहारीमा संक्रमित रहेको पनि समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?