इनरुवा । प्रदेश नं १ को मुख्य पर्यटक केन्द्र सुनसरीको पश्चिमकुशाहा–३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आरक्षमा एकै पटक ९ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि आरक्षको दैनिक कामकाज प्रभावित भएको आरक्षका संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए ।
मुख्य गरेर आरक्षमा राति गरिने गस्ती गर्नेलगायत अन्य नियमित कार्य प्रभावित भएको चौधरीले बताए । आरक्षमा रहेको जङ्गली जनावरले दैनिक रुपमा बस्ती प्रवेस गर्ने गरेको र आरक्षमा कर्मचारी नहुँदा नियन्त्रण तथा धपाउनेलगायत कार्य समेत प्रभावित भएको अधिकृत चौधरीको भनाइ छ । आरक्षमा प्रर्याप्त कर्मचारी हुँदा रातिको समयमा २ देखि ३ पटक सम्म गस्ती हुँदै आएकोमा अहिले कर्मचारीमा नै सङ्क्रमण देखिएपछि दैनिक रुपमा एक पटक मात्र गस्ती भइरहेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया