ब्यांग्लोरविरुद्ध टस जितेर बलिङ गर्दै हैदराबाद, हैदराबादलाई जित्नै पर्ने दवाव

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५२ औँ म्याचमा अहिले रोयल च्यालेन्जर्स ब्यांग्लोर र सनराइजर्स हैदराबादबीच खेल भईरहेको छ ।

हैदराबादले टस जितेर बलिङ रोजेपछि ब्यांग्लोर ब्याटिङ गर्न मैदान उत्रिएको छ । कप्तान डेभिड वार्नरले प्लेइङ ११ मा एक परिवर्तन गेका छन् ।

उनले विजय शंकरलाई बाहिर राखेका छन् । त्यस्तै ब्यांग्लोरले दुई परिवर्तन गरेको छ ।

नवदीप सैनी र इसुरु उडानालाई टीममा राखेको छ भने डेल स्टेन र शिवम दुबेलाई बाहिर पठाएको छ । हैदराबादले टुर्नामेण्टमा रहिराख्न यो म्याच जित्नैपर्ने दवाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?