तिहारमा नभई नहुने ओखर : यस्ता छन् नियमित सेवनका फाईदा

काठमाडौं – तिहारमा ओखरको प्रयोग अनिवार्य मानिन्छ । भाइटीकाको दिन ओखर फोड्दा दाजुभाईको दुख,कष्ट, बाधा,अड्चन सबै त्यहि फूटेको विश्वास गरिन्छ । त्यसैले भाइटीका अगाडी लगाईने तेलको धारा पर्ने स्थानमा ओखर, अमिलो फलफूल (बिमिरो) र लोरो राखेर पूजाआजा पनि गरिन्छ । यसो गर्नुको कारण नकारात्मक शक्ति नाश होओस् भन्ने कामना पनि हो । यो त भयो, धार्मिक/सांस्कृतिक महत्व ।

बहुगुणी ओखरले मानव शरीरमा के – कस्ता फाईदा पुर्‍याउँछन् भन्ने विषयमा हामी यहाँ जानकारी दिन गईरहेका छौँ ।

भनिन्छ, ओखरको फाइदा यसलाई खाएको चार घण्टा पछिदेखि नै पाउन थालिन्छ । हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व ओखरमा प्रचुर मात्रामा पाईने भएकोले ओखरलाई बहुगुणी मानिएको हो ।

यसको नियमित सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । मस्तिष्क चुस्त हुन्छ, स्मरणशक्ति तीक्ष्ण यसको नियमित सेवनले अनिद्राको समस्याबाट मुक्ति मिल्छ ।

मधुमेहका बिरामीहरुका लागि पनि ओखरले फाईदा पुर्‍याउँछ ।

मुटुलाई स्वस्थ राख्नुका साथै कोलेस्ट्रोल सन्तुलित राख्छ । ओखरको नियमित सेवनले मुटु रोग, क्यान्सर लगायत अन्य रोगको जोखिम कम हुन्छ । यसले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ ।

प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा ओखरले सकारात्मक प्रभाव पार्छ ।

पाचनक्रियालाई मजबुत बनाउँछ

मिर्गौलामा पत्थरी हुने सम्भावना कम

छाला सम्बन्धी समस्याबाट मुक्ति

शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ।

निन्द्रा सम्बन्धी समस्या भएका व्यक्तिहरुको लागि पनि ओखर अचुक औषधी हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?