७ चैत्र २०७९, मंगलवार

प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन

२०७४,आश्विन,११,बुधबार १५:२५

0
Shares

 –विशेष संवाददाता भीष्मराज ओझामस्कट (ओमन), ११ असोज (रासस)ओमनको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले यहाँका प्रसिद्ध ऐतिहासिक दरबार र किल्लाको आज अवलोकन गरे ।प्रधानमन्त्री देउवाले ओमनको राजधानी मस्कटबाट १२० किलोमिटर टाढा रहेको सयौँ वर्ष पुराना निजवाको निजवा सौक किल्ला र बहलामा रहेको इमाम राजाको ऐतिहासिक जब्रिन दरबारको अवलोकन गरे ।अवलोकनका क्रममा यहाँका उच्च सरकारी अधिकारीले प्रधानमन्त्री देउवालाई सो क्षेत्रको ऐतिहासिक महत्वका बारेमा जानकारी गराएका थए । प्रधानमन्त्री देउवाका साथ उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मंसुर, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालालगायत थिए ।प्रधानमन्त्री देउवाले यसअघि मस्कटमा उच्चस्तरीय भेटघाट गर्नुका साथै ग्राण्ड सुल्तान मस्जिद, राष्ट्रिय संग्रहालय, रोयल ओपेरा हाउसको समेत अवलोकन गररेका थिए । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधावी हुँदै यहाँ आइपुगेका हुन ।प्रधानमन्त्रीको नेपाली समुदायसँग अन्तक्र्रियाप्रधानमन्त्री देउवाले वैदेशिक रोजगारमा रहेका नेपालीले पठाएको विप्रेषणले मुुलुकको अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको बताएका छन ।ओमनस्थित नेपाली दूतावासको आयोजनामा भएको नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री देउवाले उचित कानूनको व्यवस्था गरी वैदेशिक रोजगारलाई भरपर्दाे, मर्यादित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरे ।प्रधानमन्त्री देउवाले संविधान जारी भई सबै निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्दै नेपाली जहाँ भए पनि नेपाललाई बिर्सन नहुनेमा जोड दिए ।कार्यक्रममा श्रम तथा रोजगारमन्त्री फरमुल्ला मंसुरले वैदेशिक रोजगारमा देखिएका विकृति अन्त्य गरी यस व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आफू लागिपरेको जानकारी गराए ।महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले मुलुकको समृद्धिका लागि सबैले आफ्नो स्थानबाट इमान्दारिताका साथ काम गर्नुपर्ने बताइन ।राजदूत शर्मिला पराजुली ढकालले प्रधानमन्त्री देउवाको ओमन भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको बताउँदै यस क्षेत्रमा कार्यरत पीडित नेपाली कामदारलाई न्याय दिलाउन आफूले हरसम्भव प्रयास गरिरहेको जानकारी गराए ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १५:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६