काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५१ औँ म्याचमा अहिले दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच खेल भईरहेको छ ।
मुम्बईले टस जितेर बलिङ रोजेपछि ब्याटिङ थालेको दिल्लीलाई शुरुवाती दुई झट्का लागेको छ । दिल्लीका ओपनर शिखर धवन खाता नखोली पेभेलियन फर्किए भने अर्का ओपनर पृथ्वी शाह १० रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।
अहिले दिल्लीको पारी कप्तान श्रेयस लय्यलर ऋषभ पन्तले सम्हालीरहेका छन् ।
ताजा स्थितीमा दिल्लीले ९ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ४४ रन बनाएर खेलिरहेको छ ।
अहिले ऋषभ पन्त १५ बलमा ८ रन बनाएर स्ट्राइकमा छन् भने क्रिजमा लय्यर २६ बलमा २३ रन बनाएर खेलिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया