कुन प्रदेशमा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति थपिए संक्रमित ?

प्रदेश नं १ मा ३१९ जना

प्रदेश नं २ मा ११२ जना

बागमती प्रदेशमा १ हजार ६ सय ३९ जना

गण्डकी प्रदेशमा १८१ जना

लुम्बिनी प्रदेशमा २०७ जना

कर्णाली प्रदेशमा १५ जना

सूदुरपश्चिम प्रदेशमा ३५ जना

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । त्यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कुल संक्रमितमध्ये ७६ दशमलव ९ प्रतिशत अर्थात १ लाख ३१ हजार २ सय २२ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने हाल देशभर ३८ हजार ३ सय ५७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो पनि

नेपालमा आज थपिए २५ सय बढी कोरोना संक्रमित, कतिको मृत्यु भयो ?

कोरोनाबाट थप १७ जनाको मृत्यु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?