तिहार : नियमित ‘काजु’ खानुका फाइदा जान्नुहोस्

काठमाडौं – अहिले तिहारको माहोल छ । तिहार भन्नेबित्तिकै स्वभाविक रुपमा दिदीबहिनीले दाजुभाईलाई टिका लगाएर भाइमसला दिने अनि दाजुभाईले गच्छेअनुसारको उपहार दिने भन्ने चलन रहेको छ ।

तिहारमा प्रयोगमा आउने भाइमसलामा विभिन्न फलफूल, मिठाई, उपहारसँगै राखिएको हुन्छ- शरीरको लागि महत्वपूर्ण खानेकुराले भरीएको एउटा ‘प्याकेट’ । त्यस्तो हरेक प्याकेटमा नछुटाई राखिने एक महँगो ड्राइ फूड हो, काजु । आज हामी तपाईलाई त्यहि काजुका अनेकन फाईदाका बारेमा जानकारी दिन लागेका छौँ ।

काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व प्रचुर मात्रामा पाइन्छ । यी तत्वले हड्डी र दाँत बलियो बनाउनुको साथै शरीरलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । यदी तपाईलाई काममा अत्याधिक थकान महशुस हुन्छ भने हरेक दिन दुई दाना (पिस) काजुको सेवन निकै लाभदायक हुन्छ । काजु ऊर्जाको राम्रो स्रोत पनि हो ।

Cashew - Wikipedia

अनुहार चम्किलो दिमाग तेजिलो रक्तचाप नियन्त्रित अवस्थामा राख्न मदत पुर्‍याउँछ ।

कोलेस्टेरोलको मात्रा नियन्त्रित हड्डी र दाँत बलियो राख्न सहयोग पुर्‍याउँछ ।

मुटुलाई स्वस्थ र बलियो बनाउने गर्छ।

शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रण हुन्छ ।

आँखालाई स्वस्थ बनाउँछ ।

गर्भवतीको लागि काजु निकै फाईदाजनक हुन्छ ।

ताजगी र स्वस्थ, स्फुर्तिका साथै यौन तथा प्रजनन क्षमता बढाउनको लागि पनि काजुको प्रयोग गरिन्छ ।

Vietnam Cashew Nut - At The Most Competitive Price And International Quality - Buy Vietnam Cashew Nut,Cashew,International Selling Price Of Cashew Nuts Product on Alibaba.com(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?