काठमाडौं । कञ्चनपुरमा विवाहको भोज खाँदा ३४ जना बिरामी परेका छन् ।
शुक्रवार जिल्लाको वेदकोट नगरपालिका २ बसन्थालमा विवाहको भोज खाएका ३४ स्थानीय बिरामी परेका हुन् । उनीहरुमा ज्वरो आउने, पखाला लाग्ने, बान्ता आउने लगायतका समस्याहरु देखिएका छन् ।
बिरामी परेकाहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भने केहीको क्लिनिकमा उपचार भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार बिरामी भएकामध्ये २९ जनालाई शुक्रवार राति नै अस्पताल पठाइएको र बाँकीलाई शनिवार बिहान मात्रै अस्पताल पठाइएको हो । बिरामी परेका सबैको अवस्था सामान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया