अमेरिकामा कसरी चुनिन्छ राष्ट्रपति, कहिले लिन्छन् नयाँ राष्ट्रपतिले शपथ ?

काठमाडौं । अबको ३ दिनमा (३ नोभेम्बर) अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदैछ । तर कोरोना भाइरस ‘कोभिड -१९’ ले चुनावी माहोल बिथोलेको छ भने चुनावी प्रक्रिया पनि अघिल्ला वर्षहरुमा भन्दा फरक हुनेछ । जो मतदाता (भोटर) अहिलेसम्म ‘इलेक्सन – डे’ (यो वर्ष ३ नोभेम्बर) मा ‘पोलिङ बूथ’ मा गएर भोटिङ गर्ने गर्थे, उनीहरु यसवर्ष घरमै बसेर ई-मेल वा ‘पोस्टल ब्यालेट’ बाट ‘भोटिङ’ गरिरहेका छन् ।

अमेरिकाका केहि राज्यमा ‘इलेक्सन – डे’ भन्दा पहिला भोट हाल्न सकिने व्यवस्था छ । जसलाई ‘अर्ली भोटिङ’ भनिन्छ । मानिसहरु यसको फाइदा उठाईरहेका छन् । किनभने यसो गर्नाले भीडमा जानुपर्ने अवस्था रहँदैन ।

पहिलेको चुनावमा कुल भोटिङको ५० प्रतिशत मतदान यो वर्ष ‘इलेक्सन – डे’ को एक हप्ता अगाडि नै भईसकेको छ । यो आँकडा अझ बढ्दैछ ।

सारा विश्वलाई थाहा छ कि, रिपब्लिकन पार्टीका प्रेसिडेन्ट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका पूर्व भाइस प्रेसिडेन्ट (उपराष्ट्रपति) जो बाइडेनको बीचमा मुख्य प्रतिष्पर्धा छ ।

पहिलो महत्वपूर्ण तारिख

३ नोभेम्बर २०२० : (भोटिङ बन्द)

अमेरिकामा प्रसिडेन्सियल चुनाव सधैँ नोभेम्बरमा आउने पहिलो सोमवारबाट अर्को मंगलवारसम्म हुन्छ । यसको मतलव यो हो कि, यदि नोभेम्बरको महिना मंगलवारबाट शुरु भयो भने, चुनाव पछिल्लो नोभेम्बर अर्थात् ८ नोभेम्बरमा हुन्छ । अर्को कुरा, अमेरिकामा भोटिङको तारिखको मतलव यो होइन कि, भोटिङ त्यहि दिन शुरु हुन्छ, अर्थात् तारिख तोकिएको दिन भोटिङ सकिने चलन छ । यो वर्ष पहिलो मंगलावार ३ नोभेम्बरमा छ, जसलाई ‘इलेक्सन – डे’ भनिन्छ ।

यो पटक ५० देखि ३८ स्टेट्सले ‘अर्ली भोटिङ’ को सुविधा भोटर्सलाई दिएका छन् ।अर्थात् तपाई यदि ‘इलेक्सन – डे’ मा पोलिङ बूथमा गएर भोटिङ गर्न सक्नुहुन्न भने पहिलैबाट आवेदन दिएर ‘अर्ली भोटिङ’ वा ई-मेलको माध्यमबाट भोट गर्न सक्नुहुन्छ । पोस्टल ब्यालेट पनि यस्तै नै हो । यसमा पनि तपाईले ‘इलेक्सन – डे’ को भन्दा पहिला भोटिङको मौका मिल्छ । हाम्रो देश नेपालमा भोटिङलाई लिएर एउटै नियम छ । तर अमेरिकामा हरेक राज्यको आफ्नै कानून छ । साथै भोटर्सको रजिस्ट्रेशन ‘इलेक्सन – डे’ सम्म चलिरहन्छ ।

कोरोनाका कारण यसपटक अहिलेसम्म सात करोड भन्दा धेरै भोटर्सले अर्ली भोटिङको अधिकार प्रयोग गरेका छन् । केहि राज्यले १५ अक्टोबरबाटै यसको शुरुवात गरेका थिए र अर्ली भोटिङको यो शिलशिला ‘इलेक्सन – डे’ अर्थात् ३ नोभेम्बरसम्म चलिरहनेछ ।

यो भन्दा अगाडिको चुनावमा ५.८ करोड मानिसले अर्ली भोटिङ गरेका थिए भने यस वर्ष त्यसको रेकर्ड तोडिँदै छ । अहिले धेरै संख्यामा मानिसहरुले अर्ली भोटिङ गरिरहेका छन् । नेपालमा अर्ली भोटिङ जस्तो केहि पनि प्रावधान छैन ।

अमेरिकामा त्यहाँका राज्यबीचमा धेरै फरक छ । जसका कारण हाम्रो जस्तो भोटिङ शुरु गर्ने र सक्ने एउटै समय छैन । हरेक राज्यमा पोलिङ शुरु हुने र सकिने समय फरक छ । धेरैजसो स्टेटमा ३ नोभेम्बरको बिहान ६ बजे अर्थात् नेपाली समयानुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ । साथै त्यहाँको राती ९ बजेसम्म चल्नेछ अर्थात् नेपाली समयानुसार ४ नोभेम्बर बिहान ६ः३० बजेसम्म हुनेछ ।

भोट गणना

हाम्रो देशमा भोटिङ पछि सबै एकैठाउँमा राखेर काउन्टिङ अन्य तारिखमा बनाएर गरिन्छ । तर अमेरिकामा त्यस्तो हुँदैन । त्यहाँ भोटिङ सकिएलगत्तै गणना शुरु हुन्छ । यो भन्दा अगाडि ‘इलेक्सन – डे’ को भोलिपल्ट बिहानसम्म नतिजा आईसकेको थियो ।

यस पटक भने थोरै ट्वीस्ट छ । यसपटक केहि स्टेट्सले १३ नोभेम्बरसम्म पोस्टल ब्यालेट्स पठाउने अनुमति दिएको छ । जसका कारण नतिजा आउन केहि ढिला हुन पनि सक्छ । अर्को अन्तर यो हो कि, अमेरिकामा भोटर सिधै राष्ट्रपति चुन्दैनन् । त्यहाँ भोटर आफ्नो प्रतिनिधि चुन्छन् । जसलाई इलेक्टर भनिन्छ ।

कुन स्टेटमा कति इलेक्टर हुन्छन् भन्ने कुरा त्यहाँको जनसंख्याले बताउँछ । क्यालिफोर्नियामा सबैभन्दा धेरै ५५ इलेक्टर छन् । अमेरिकामा कुल ५३८ इलेक्टर छन् । जो आ – आफ्नो क्षेत्रमा भोटर रिप्रेजेन्ट गर्दछन् । यी इलेक्टरले नै प्रेसिडेन्टको चुनाव गर्दछन् । भोटरले पपुलर भोट पनि दिन्छन्, अर्थात् उनीहरुले को मन पर्छ बताउँछन्, ट्रम्प वा बाइडेन ।

केहि स्टेट्समा जसले पपुलर भोट जित्छ, त्यसलाई नै सबै इलेक्टर सीट मिल्छ । तर केहि स्टेट्समा यस्तो हुँदैन । त्यहाँ इलेक्टर फरक हुन सक्छ । यो महत्वपूर्ण छ, किनभने चुनावमा पपुलर भोट्समा जीते पनि हिलारी क्लिन्टन इलेक्टोरल कलेज भोट्समा ट्रम्पसँग पराजित भएकी थिइन् । यस्तो अमेरिकी इतिहासमा ५ पटक भईसकेको छ ।

दोश्रो महत्वपूर्ण तारिख

१० नोभेम्बर : नतिजाको घोषणाको शुरुवात

हामीलाई पपुलर भोट्स र त्यसको विश्लेषणबाट पहिल्यै बताइन्छ कि, को प्रेसिडेन्ट बन्दैछ । तर चुनाव प्रक्रियामा सर्टिफिकेशन धेरै महत्वपूर्ण हुन्छ । यो औपचारिक सरकारी पक्रिया हो ।

१० नोभेम्बर पछि फरक – फरक स्टेट्समा भोटिङ पछि स्थितीको आधारमा इलेक्टरलाई सर्टिफाई गर्ने प्रक्रिया शुरु हुन्छ । यदि केहि विवाद भएमा र रि-काउण्टको स्थिती बनेमा प्रक्रियामा ढिलो हुन सक्छ । यस पटक फरक -फरक तारिखमा सर्टिफिकेशन शुरु हुनेछ ।

तेश्रो महत्वपूर्ण तारिख

८ डिसेम्बर : नतिजाको सर्टिफिकेशन पूरा हुनेछ

यो पनि एक औपचारिक सरकारी पक्रिया हो । क्यालिफोर्नियालाई छोडेर सबै स्टेट्समा नतिजा सर्टिफाई भईसकेका हुनेछन् । अर्थात् ८ डिसेम्बरसम्म इलेक्टर्सलाई लिएर स्थिती क्लियर हुनेछ । सबै ५० राज्यमा ५३८ इलेक्टर तय भईसकेका हुनेछन् ।

चौथो महत्वपूर्ण तारिख

१४ डिसेम्बर : इलेक्टर स्टेटको राजधानीमा भोट हाल्नेछन्

सबै ५० स्टेट्सको राजधानीमा ५३८ इलेक्टरले आ – आफ्नो भोट हाल्नेछन् । केहि स्टेट्सका लागि यो औपचारिकता मात्रै हो । किनभने कसैले पनि आफ्नो इच्छाले कसैलाई भोट हाल्न पाउने छैनन् । अमेरिकाको संविधानमा यो कतै लेखिएको छैन कि, इलेक्टरले पपूलर भोट्सलाई फलो गर्नुपर्छ । तर धेरैजसो स्टेट्समा कानूनका कारण यस्तो गर्नु आवश्यक छ ।

जुलाई २०२० मा अमेरिकी सर्वोच्च अदालतले कुन स्टेट्समा कस्तो कानून लागू गरिएको छ ? भन्ने कुरा बताएको थियो ।

त्यहाँका इलेक्टर्सले भने पपूलरलाई फलो गर्नुपर्ने हन्छ । अर्थात् जसलाई जनताले चुन्छन्, त्यसैलाई भोट हाल्नुपर्छ ।

पाचौँ महत्वपूर्ण तारिख

६ जनवरी २०२१ : कांग्रेसमा हुनेछ इलेक्टरको भोटको गणना

सबै राजधानीबाट इलेक्टरको भोट वाशिङ्टन पुग्नेछन् । भाइस प्रेसिडेन्टको अगाडि कांग्रेसमा नै इलेक्टर्सको भोटलाई गनिनेछ । यो पनि औपचारिकता नै हो । त्यसपछि औपचारिक रुपमा प्रेसिडेन्टको नामको घोषणा हुन्छ । कहिले काँहि कोहि इलेक्टर आफ्ना भोटर्सको इच्छा विपरित भोट गर्छन् । तर धेरैजसो स्टेट्समा कानून बनेपछि यस्तो गर्न सम्भव रहँदैन ।

छैटौँ महत्वपूर्ण तारिख

२० जनवरी २०२१ : नयाँ प्रेसिडेन्टको शपथ

अमेरिकामा नयाँ प्रेसिडेन्टले कहिले शपथ लिन्छन् भन्ने कुरा पहिल्यैबाट तय छ । यसको लागि हाम्रोमा जस्तो समय मूहुर्त हेरिँदैन । अमेरिकाको संविधानका अनुसार २० जनवरीमा नयाँ प्रेसिडेन्ट पदको शपथ लिन्छ । यसलाई (inauguration ceremony) पनि भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?