काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५० औँ म्याचमा राजस्थान रारेयल्स र किंग्स इलेभन पञ्जावबीच रोमाञ्चक खेल भयो ।

म्याचमा क्रिस गेलले ६३ बलमा ९९ रन बनाएर खेलिरहेका थिए । त्यहि बेला जोफ्रा आर्चरदे क्लीन बोल्ड गरिदिए ।

उनी आईपीएलमा ७ औँ शतकबाट चुके । रिसाएर उनले ब्याट नै फालिदिए । तर नन स्ट्राइकमा रहेका ग्लेन म्याक्स्वेलले ब्याट उठाएर गेललाई दिए । गेलले पछि आर्चरसँग हात मिलाएर पेभेलियन फर्किए ।

गेलको ९९ रनको सहयोगमा पञ्जावले १८६ रनको टार्गेट दिएको थियो । जसमा राजस्थानले ३ विकेट गुमाएर १७.३ ओभरमा जीत हासिल गर्यो ।

पञ्जावको यो लगातार ५ जीत पछिको पहिलो हार हो । यसैक्रममा टीमकी मालिक प्रिटी जिन्टा मायूस पनि देखिइन् ।

त्यस्तै गेलले टी २० क्रिकेटमा आफ्नो १ हजार छक्का पूरा गरेका छन् ।

उनले हिजोको खेलमा ७ औँ छक्का प्रहार गर्दै १०० छक्का पूरा गरेका हुन् । उनले ४१० म्याचको ४०२ पारीमा १ हजार १ छक्का र ८५ अर्धशतक प्रहार गरेका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया