हप्तामा दुई दिन बिदा दिन माग

कोरोना महामारीका कारण प्रभावित पर्यटन क्षेत्रलाई राहत दिन सातामा दुई दिन बिदा दिने सरकारी प्रस्ताव पारित गरी कार्यान्वयन गर्न पोखरेली पर्यटन व्यवसायीले माग गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेको प्रस्ताव स्वागतयोग्य छ, पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले भने, “यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गर्दछौँ । ”
नेपालको पर्यटन क्षेत्र आठ महिनादेखि कोमामा पुगेको बताउँदै दुई दिन बिदाले राहत प्रदान गर्ने उनको भनाइ छ । बाह्य पर्यटक आउने सम्भावना तत्काल नभएको हुँदा आन्तरिक पर्यटकले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सके पर्यटन व्यवसायीलाई राहत हुने विश्वास उनको छ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यावहारिक र समय सान्दर्भिक रहेकोसमेत उनले बताए ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस प्रस्तावलाई सर्वसम्मत पारित गर्न नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छौँ, सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?