राजस्थानसँग पञ्जाव ७ विकेटले पराजित, क्रिस गेलको ९९ रन बेकार

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५० औँ म्याचमा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जावलाई ७ विकेटले पराजित गरेको छ ।

यो हारसँगै पञ्जावको प्लेअफका लागि बाटो कठीन बनेको छ । राजस्थान पनि प्लेअफको रेसमा छ । दुबै टीमको १२१२ अंक रहेको छ ।

पञ्जाव अंकतालिकाको चौथो र राजस्थान पाचौँ नम्बरमा रहेको छ । टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले १८६ रनको टार्गेट दिएको थियो ।

जवाफमा राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाएर १८६ रन बनायो । अलराउण्डर बेन स्टोक्स म्यान अफ दी म्याच चुनिए । उनले ५० रन बनाए भने २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?