ज्योतिष शास्त्रमा चन्द्रमाको महत्व, यस्तो छ रोचक जानकारी !

काठमाडौं । पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह हो चन्द्रमा । नव ग्रहमा चन्द्रमालाई रानी मानिन्छ । चन्द्रमालाई काल पुरुषको मन भनिन्छ ।

चन्द्रमालाई शिवजीले आफ्नो जटामा स्थान दिईएका थिए त्यसैले चन्द्रमाको अर्को नाम सोम पनि हो । ज्योतिष विज्ञानका अनुसार चन्द्रमाको गति अन्य सबै ग्रहहरु भन्दा छिटो छ ।

चन्द्रमा एक राशिको पार गर्न सवा दुई दिन लगाउँदछ । चन्द्रमा कर्कट राशिको स्वामी हो । वृष राशीको ३ डिग्रीसम्म उच्च राशिको फल प्रदान गर्दछ भने ३ डिग्री भन्दा धेरै छ भने मुल त्रिकोणको फल प्रदान गर्दछ ।

चन्द्रमा वृश्चिक राशिमा निचो फल प्रदान गर्दछ । चन्द्रमाले सूर्य तथा बुधलाई आफ्नो मित्र मान्दछ भने अन्य ग्रहलाई सम मान्दछ । चन्द्रमा रोहिणी,हस्त र श्रवण नक्षत्रको स्वामी हो ।

चन्द्रमा वायव्य दिशाको स्वामी मानिन्छ । चन्द्रमालाई मन तथा माताको कारक मानिन्छ । चन्द्रमा वैश्य तथा स्त्री ग्रह हो । चन्द्रमाले सेतो कलरको प्रतिनिधित्व गर्दछ भने चन्द्रमाको रत्न मोती हो ।

मोती २,४,६,११ रत्तिको शुक्लपक्षको सोमवार वा रोहिणी नक्षत्रको दिन पारेर धारण गर्नाले शुभ फल प्राप्त हुन्छ । ७,८ रत्तिको धारण गर्नु हुँदैन । चन्द्रमा कुण्डलीमा चौथो स्थानमा दिग्बली हुन्छ । चन्द्रमाले आफू बसेको स्थानबाट सातौँ स्थानमा दृष्टि दिन्छ ।

चन्द्रमाको महादशा १० वर्षको हुन्छ भने त्रिभागीमा चन्द्रमाको दशालाई ६ वर्ष गणना गरिन्छ । चन्द्रमाको धातु चाँदी हो । चन्द्रमा जन्मकालिन राशिबाट पहिलो,तेस्रो छैटौँ, सातौँ, दशौँ र एकादश स्थानमा शुभ फल प्रदान गर्दछ ।

जन्मकालिन चन्द्रमाबाट गोचरमा चौथो,अष्टम तथा बाह्रौँ भावमा अशुभ फल प्रदान गर्दछ । खगोलिए दृष्टिले चन्द्रमालाई ग्रहको सुचीमा राखिएको छैन ।

चन्द्रमालाई पृथ्वीको उपग्रह मानिन्छ । ज्योतिष विज्ञानले भने चन्द्रमालाई ग्रहको दर्जा दिईएको तथा व्रम्हले चन्द्रमालाई ग्रहमा नव ग्रहको दर्जा दिईएको पाईन्छ ।

पृथ्वीबाट चन्द्रमा ३ लाख ८४ हजार किलोमिटरको दुरिमा अवस्थीत छ । चन्द्रमा पृथ्वीलाई एक चक्कर लगाउन २७ दिन लगाउँदछ । चन्द्रमाको शक्ती क्याल्कुलेशन गर्नको लागि पक्षबल हेर्न जरुरी हुन्छ ।

सूर्यबाट १२ डिग्रीको अन्तरमा एक तिथी बन्दछ । सूर्य तथा चन्द्रमाको ० डिग्रीको अन्तरलाई अमावश्य भनिन्छ । जब चन्द्रमा सूर्यबाट अगाडी बढ्दै जान्छ त्यसलाई शुक्ल पक्ष मानिन्छ ।

१५ दिन पछि १८० डिग्रीको अन्तर हुन्छ जुन तिथीलाई पूर्णिमा कहिन्छ । पूणिमाबाट सूर्यतिर नजिक हुदै गर्दा कृष्ण पक्षको सुरुवात हुन्छ जहाँ चन्द्रमाको बल घट्दै जान्छ । चन्द्रमा यूवा वा प्रौढ दुबै हो । चन्द्रमा जलको देवता हो ।

चन्द्रमा यस,मुखकान्ती,जलीय स्थान,आयात निर्यात,होटल,माछा,तरल पदार्थ ईत्यादिको कारक हो ।

चन्द्रमा औषधी,जल,मन,माता,वुद्धिमता,प्रजनन् सम्बन्धी रोग,गर्भाशयबाट हुने रोग,जलबाट हुने रोग,रगत,नेव्रे आँखाको कारक मानिन्छ ।

यसको अतिरिक्त कल्पना,रात्री,स्त्री,विदेश यात्रा, धनसम्पती,सेता वस्तु,निन्द्रा,मनको प्रशन्नता,चादी,दुध,रेष्टुरेन्ट,समुन्द्रीक यात्रा,चिन्ताको कारक ग्रह चन्द्रमा हो ।

चन्द्रमा पीडित भयो भने डिप्रेशन तथा छाति सम्बन्धी समस्या देखा पर्दछ । वैश्य जाती चन्द्रमा वर्षा ऋतुको कारक ग्रह हो । चन्द्रमा कुण्डलीमा स्वराशी,उच्च,मित्रराशी तथा शुभ ग्रहसँग भए,शुभ ग्रहले दृष्टि दिए, पक्ष बली भए वा शुभ कर्तरी भए चन्द्रमाले शुभ फल प्रदान गर्दछ ।

ज्योतिष विज्ञानमा चन्द्रमाबाट बिभिन्न योग बन्दछ । चन्द्रमा र शनिको यूक्ति विषयोग,चन्द्र र वृहस्पतिसँगै केन्द्रमा भए गजकेशरी योग,चन्द्रमाबाट दोस्रो र बाह्रौँ भावमा कोही ग्रह नभए केमद्रुम योग, चन्द्रमाबाट दोस्रो र बाह्रौँ दुईभावमा मंगल,वुध,शुक्र गुरु,शनि कुनै पनि ग्रह भए दुर्धरा योग हुन्छ ।

चन्द्रमाबाट दोस्रो भावमा कुनैपनि ग्रह भए सुनफा योग हुन्छ । चन्द्रमा बाट बाह्रौँ भावमा कुनै ग्रह भए अनफा योग बन्दछ । यसै गरी चन्द्रमाबाट छैटौ,सातौ र आठौँभावमा एक एक नैसर्गिक शुभ ग्रह भए चन्द्रधी योग बन्दछ ।

चन्द्रमाबाट छैटौँ वा आठौँ भावमा गूरु भए सकट योग बन्दछ । चन्द्रमाबाट दशम भावमा नैशर्गिक शुभ ग्रह भए अमल कृती योग बन्दछ । चन्द्रमा र मंगलको यूक्ति कुण्डलीमा भए धन योग बन्दछ ।

चन्द्र राहकेतुको युक्ति ग्रहण योग बन्दछ । यदि कुनै पनि ग्रह निचो भएर चन्द्रमाबाट केन्द्रमा भए निच भंग हुन्छ । चन्द्रमा पाप प्रभावमा भए मानिस डिप्रशन,उन्मत्त,पागलपन हुने अधिक सम्भावना हुन्छ ।

तपाईको जन्म कुण्डलीमा चन्द्रमा कमजोर छ भने चन्द्रमाको बैदिक मन्त्र

ॐ इमन्देवाऽअसपत्क्न गुँ सुवद्ध्वम्महतेक्षत्रायमहतेज्यैष्ठ्याय महतेजानराज्यायेन्द्रस्येन्द्रियाय ।
इमममुष्यपुत्रममुष्यैपुत्रमष्यैविशऽएषवोमीराजासोमोऽस्माकम्व्राह्मणना गुँ राजा ।।

अथवा चन्द्रमाको तान्त्रिक मन्त्र

ॐ सों सोमायनमः
जप सख्या ७०००,देवीपूजाः ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?