भूकम्पपछि इजमिर शहरमा समुन्द्रको पानी पस्यो

काठमाडौं । टर्कीमा शुक्रवार साँझ शक्तिशाली भूकम्प जाँदा कम्तीमा ४ जनाको ज्यान गएको छ । १२० जना घाइते भएका छन् ।

भूकम्पपछिसमुन्द्रको सतह बढ्न पुगेको थियो । समाचारमा जनाइएअनुसार टर्कीको इजमिर शहरका विभिन्न स्थानमा समुन्द्रको पानी पसेको छ केही स्थानीयले यसको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

टर्कीको विपद् व्यवस्थापन विभागका अनुसार काराकली जिल्लामा कम्तीमा १० भवन भत्किएका छन् ।

स्थानीय मिडियाको रिपोर्टअनुसार भत्किएका भवनमा मानिसहरु फसेका छन् भने सोही स्थान आसपासका कैयन् भवन चर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?