शतकबाट १ रनले चुके क्रिस गेल, राजस्थानलाई १८६ रनको टार्गेट

काठमाडौं । आईपीएलको ५० औँ म्याचमा आज किंग्स इलेभन पञ्जाव र राजस्थान रोयल्सबीच खेल भईरहेको छ ।

राजस्थानले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन बनायो । पञ्जावका लागि क्रिस गेलले ६३ बलमा ९९ रन बनाए भने लोकेश राहुलले ४६, निकोलस पोरनले २२ रन बनाए । अन्य खेलाडीको प्रदर्शन भने राम्रो रहेन ।

राजस्थानका लागि यो म्याच एलिमिनेटरको जस्तै छ । यदि स्मिथको टीमले यो म्याच हारेमा प्लेअफको ढोका बन्द हुनेछ ।

खेल हारेमा चेन्नई पछि प्लेअफबाट बाहिरिने दोश्रो टीम राजस्थान बन्नेछ । त्यस्तै पञ्जाव सीजनमा सातौँ जीत दर्ता गर्ने दाउमा रहेको छ ।

साथै खेल जित्दै अंकतालिकाको ४ औँ नम्बरमा यथावत रहने प्लानमा पञ्जाव मैदान उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?