अग्निपीडित पूर्वसभासद्लाई सहयोग

फुङ्लिङ । ताप्लेजुङ मादेन फेन्दुवा जनकल्याण केन्द्रको पहलमा फुङलिङ नगरपालिका–९ हाङदेवामा आगलागीबाट पीडित पूर्व सभासद् सञ्चपाल मादेनलाई आज ६९ हजार नगद हस्तान्तरण गरिएको छ ।

जनकल्याण केन्द्रको कोषबाट १५ हजार र विभिन्न व्यक्तिबाट संकलन गरी सो रकम प्रदान गरिएको हो । सङ्कलित रकम केन्द्रका कोषाध्यक्ष छत्र मादेनले हस्तान्तरण गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?