६ जेष्ठ २०७९, शुक्रवार

निर्वाचन आयोगले सरकारलाई गम्भिर चेतावनी

२०७४,आश्विन,११,बुधबार १५:१४

0
Shares

काठमाडौं, ११ असोज।निर्वाचन आयोगले सरकारले निर्वाचन आचार संहिता उलंघन गरेको निष्कर्ष निकालेको छ । सरकारले निर्वाचन आयोगको संवैधानिक स्वतन्त्रताको उपहास गरेको ठहर गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त सुधिर कुमार शाहले सरकार स्वयं निर्वाचन आचार संहिता विरुद्ध हिँडेको र आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेको आरोप लगाए ।निर्वाचनको मिति घोषणा भइसकेपछि सरकारले आयोगकै सचिवको सरुवा गरेको, सहमतिविना मन्त्रिपरिषद् विस्तार गरेको तथा निर्णय सच्याउन गरिएको पत्राचारको बेवास्ता गर्दै पुनः दुई राज्यमन्त्री थप्ने काम गरेको निर्वाचन आयुक्त शाहले बताए । आयुक्त शाहले निर्वाचन आचार संहिता विपरित सरकारबाट भएका कामकारवाहीका बारेमा दशैं विदा पछि आयोगले गम्भीर निर्णय लिने चेतावनी समेत दिए ।आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आयोगले गत भदौ १४ गतेदेखि आचारसंहिता लागू गरेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १५:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा गएराती दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले

धेरै समयदेखि एउटा दृढ चाहनाले कुत्कुत्याइरहेको थियो । हाम्रा घरतिरका मानिसहरू पहिला–पहिला मालिकास्थान जाने भन्थे । खासमा त्यहाँ मालिकास्थान होइन

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

ताजा समाचार