स्पेनमा ६ महिनाका लागि स्वास्थ्य संकटकाल घोषणा

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरस जाडो महिनामा झनै तीव्र रुपले बढीरहेको छ ।

केहि देशहरुमा कोरोना संक्रमणको दोश्रो लहर फैलिएको छ ।

जसका कारण स्थिती झनै भयावह बनेको छ । धेरै यूरोपीय देशहरुमा कोरोनाको कहर फेरि बढेको छ । जसका कारण फेरि लकडाउन लागेको छ ।

यसैबीच स्पेनमा कोरोनाको बढ्दो केसलाई हेरेर ६ महिनाको स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । स्पेनमा ३५ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ भने १२.३८ लाखभन्दा धेरै संक्रमित भएका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोनाको बढ्दो केसलाई मध्यनजर गर्दै देशमा हेल्थ इमर्जेन्सी लागू गरेको बताए ।

संकटकाल ११ बजेदेखि लिएर बिहान ६ बजेसम्म लागू हुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?