२०७७, १४ कार्तिक शुक्रबार १७:४०

सामुदायिक वनभित्र मृत हात्ती फेला


प्रकाशित मिति : २०७७, १४ कार्तिक शुक्रबार १७:४०

काठमाडौं । उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित पाँचपोखरी सामुदायिक वनमा एउटा मृत हात्ती फेला परेको छ । स्थानीयवासीले आज अपराह्न मरेको हात्ती देखेर जिल्ला वन कार्यालयमा खबर गरेका थिए ।

मृत हात्ती गाड्नका लागि पशु चिकित्सकसहितको टोली घटनास्थलमा पठाइएको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । गत असोज २२ गते सोही जंगल क्षेत्रमा आँखा फुटेको सोही हात्तीलाई पशु चिकित्सकको टोलीले बेहोश बनाएर उपचार गरेको थियो ।

स्थानीयवासीले तीखो भाला रोपेर शरीरका विभिन्न अंगमा गहिरो चोट पुर्‍याएको उक्त हात्ती बचाउन त्यसबेला चितवनबाट पशु चिकित्सक टोली झापा आएको थियो ।

  • रासस

प्रतिक्रिया दिनुहोस