तीन दिने भ्रमणका लागि नेपाल आउँदै भारतीय सेना प्रमुख, कहिले आउँदैछन् ?

काठमाडौं । भारतीय सेना प्रमुख जनरल मुकुन्द नरवणे अर्को महिना तीन दिवसीय भ्रमणका क्रममा नेपाल आउने भएका छन् ।

सेना प्रमुख जनरल मनोज मुकुंद नरवणे

उनको यो भ्रमण सीमा विवादको विषयलाई हल गर्नको लागि हुने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । आज भारत सरकारले उनको तीन दिने भ्रमण हुने जानकारी दिएको हो ।

उनी ४ देखि ६ नोभेम्बरसम्म नेपालको भ्रमणमा रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?