अमेरिकामा हरेक सेकेण्डमा कोरोनाबाट एक जना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा  नै व्याप्त छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१६ वटा देशहरुमा पुगिसकेको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिका रहेको छ ।

अमेरिकामा हरेक सेकेण्ड एउटा कोरोना संक्रमित केस पाइएको बताइएको छ । यो दाबी जोन होपकिन्स र न्यूयोर्क टाइम्सले गरेका हुन् ।

शुक्रवार जारी बयानमा जोन शोपकिन्सले अमेरिकामा बिहीवार ९१ हजार भन्दा धेरै केस देखिएको बताएको हो ।

योसंख्या महामारी शुरु भएपछि एकैदिनमा पाइएको सबैभन्दा धेरै संख्या हो ।

अमेरिकामा हालसम्म २ लाख ३४ हजार २०७ जनाको मृत्यु भएको छ भने ९२ लाख १६ हजार ७७ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?