काठमाडौं । कोरोना संक्रमित कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।
पूर्व मन्त्री समेत रहेका विश्वकर्माको अवस्था थप जटिल भएसँगै उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आइसियूमा उपचार भइरहेको उनी निकट स्रोतले जनाएको छ ।
उनमा गत कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका उनको स्वासप्रश्वासमा समस्या देखिएपछि वीर अस्पताल लगिएको थियो । स्वास्थ्य थप जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा आवश्यक्ता पर्नसक्ने भन्दै ग्राण्डी लगिएको हो ।
स्रोतले दिएको जानकारी अनुसार चारदिनयता नेता विश्वकर्मालाई आइसियूमा राखिएकोले स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया