अमेरिकी राष्ट्रपति चुनाव : फ्लोरिडाको एकै क्षेत्रमा ट्रम्प र बाइडेनको र्‍याली

काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनाव एकदमै नजिकिइरहेको छ ।

३ नोभेम्बरमा हुने इलेक्शन डे पहिला राष्ट्रपति डोनाल्ड ट्रम्प र उनलाई चुनौति दिइरहेका डेमोक्रेट क्यान्डिेट जो बाइडेन एकै दिन फ्लोरिडामा गएका छन् ।

US Elections 2020: अमरीका में सबसे महंगा चुनाव होगा, 14 अरब डॉलर का आएगा खर्च

दुबै पार्टीका लागि यो स्थान महत्वपूर्ण मानिएको छ । त्यहाँको टाम्पा क्षेत्रमा दुबैले एक घण्टाको फरकमा र्‍याली गरेका थिए ।

ट्रम्पको र्‍यालीमा धेरै भीड देखिएको थियो । त्यहाँ उनले आफूले जित्ने बताएका छन् । ट्रम्पसँगै र्‍यालीमा उनकी श्रीमती मेलानिया पनि गएकी थिइन् ।

उनले भीड देखेर इतिहास रच्न लागिएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?