भक्तपुरमा १ हजार १६५ जना सक्रिय संक्रमित

काठमाडौं । भक्तपुरमा हालको अवस्थामा सक्रिय संक्रमितको संख्या १ हजार १६५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म त्यहाँ ५ हजार ६५० जनालाई कोरोना संक्रमण भएको छ भने ६३ जनाको मृत्यु भएको छ । त्यस्तै ४ हजार ४२२ जना संक्रमण मुक्त भएका छन् । भक्तपुरमा होम आइसोलेसनमा रहनेको संख्या १ हजार ७१९ रहेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९२० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ९६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । यो कुल संक्रमितको ७६.७ प्रतिशत हो ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६६६ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ३८७ रहेको छ ।

त्यस्तै आजको पीसीआर परीक्षण जम्मा १४ हजार ९८९ भएको छ । हालसम्म १४ लाख ३४ हजार ५३ वटा पीसीआर नमुना परीक्षण भएको छ ।

आइसीयूमा अहिले ३०० जनाको उपचार भईरहेको छ भने भेन्टिलेटरमा ७१ जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८८८ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?