नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २८ हजार नाघ्यो, कुन प्रदेशमा कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४ हजार ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । कुल संक्रमित मध्ये ७६.७ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १२६५८ जना

प्रदेश २ मा १६८०० जना

वाग्मती प्रदेश ६४१०० जना

गण्डकी प्रदेशमा ६३३९ जना

प्रदेश ५ मा १५४३८ जना

कर्णाली प्रदेशमा ४८३७ जना

सुदूरपश्चिम प्रदेशमा ६७१६ जना

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९२० पुगेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६६६ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ३८७ रहेको छ ।

त्यस्तै आजको पीसीआर परीक्षण जम्मा १४ हजार ९८९ भएको छ । हालसम्म १४ लाख ३४ हजार ५३ वटा पीसीआर नमुना परीक्षण भएको छ ।

आइसीयूमा अहिले ३०० जनाको उपचार भईरहेको छ भने भेन्टिलेटरमा ७१ जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८८८ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?