२०७७, १४ कार्तिक शुक्रबार १६:२९

देशभर ३८ हजार बढी ‘एक्टिभ केस’ हुँदा यी २ जिल्लामा छैनन् एक जना पनि कोरोना संक्रमित


प्रकाशित मिति : २०७७, १४ कार्तिक शुक्रबार १६:२९

काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका २ जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका २ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

  • मनाङ
  • मुस्ताङ

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९२० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ९६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । यो कुल संक्रमितको ७६.७ प्रतिशत हो ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६६६ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ३८७ रहेको छ ।

त्यस्तै आजको पीसीआर परीक्षण जम्मा १४ हजार ९८९ भएको छ । हालसम्म १४ लाख ३४ हजार ५३ वटा पीसीआर नमुना परीक्षण भएको छ ।

आइसीयूमा अहिले ३०० जनाको उपचार भईरहेको छ भने भेन्टिलेटरमा ७१ जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८८८ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस