काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप १६ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै हिजो (बिहीवार) नेपालमा कोरोनाको कारण १७ जनाको मृत्यु भएको र २ हजार ३ सय ६४ जनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ९६ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । यो कुल संक्रमितको ७६.७ प्रतिशत हो ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६६६ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ३८७ रहेको छ ।
त्यस्तै आजको पीसीआर परीक्षण जम्मा १४ हजार ९८९ भएको छ । हालसम्म १४ लाख ३४ हजार ५३ वटा पीसीआर नमुना परीक्षण भएको छ ।
आइसीयूमा अहिले ३०० जनाको उपचार भईरहेको छ भने भेन्टिलेटरमा ७१ जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८८८ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया