काठमाडौं । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
शुक्रवार म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीबाट बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि अन्नपूर्ण गाउँपालिका वडा नं २ की १० वर्षीया बालिका रिया विकको उपचारको क्रममा मृत्यु भएको छ ।
त्यस्तै जीपमा सवार अन्य १० जनाको उद्धार गरि उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बालिका दशैँमा मामाघर गएर घर फर्किने क्रममा जीप दुर्घटनामा घाइते भएको र बेनी अस्पताल पुर्याउँदा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार जीप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको हो ।
दुर्घटनामा परि घाइते चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । भने बाँकी अन्यको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया