नेकपा अध्यक्षद्वयबीच किन भेटघाट हुन सकेन ? प्रचण्डको सचिवालयले देखायो यस्तो कारण

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच कोरोना महामारीका कारण भेटघाट हुन नसकेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्ड कन्ट्रयाक ट्रेसिङमा रहेकाले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट हुन नसकेको सचिवालले जनाएको हो ।

पूर्व मन्त्री समेत रहेका नेकपा स्थायी कमिटि सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएपछि प्रचण्ड कन्ट्रयाक ट्रेसिङमा रहेको कारण अध्यक्ष ओलीसँग भेट हुन नसकेको प्रचण्डको सचिवालयको दावी रहेको छ ।

साथै केही दिनमा प्रचण्डको पीसीआर परीक्षणपछि ओलीसँग भेटघाट हुने पनि सचिवालयले जनाएको छ । पछिल्लो समय विवादका कारण अध्यक्षद्वयबीच भेटघाट हुन नसकेको भन्ने तर्कका कुनै सत्यता नभएको समेत सचिवालयको भनाइ रहेको छ ।

पार्टी एकिकरण लगायतका विविध कामहरु बाँकी रहँदा पनि पछिल्लो समय अध्यक्षद्वयको भेटघाट हुन सकिरहेको छैन् । कर्णाली प्रदेशका मुख्यमन्त्री विवाद पछि झन अध्यक्षद्वयबीचको भेटघाट पातलिनुका साथै सम्बन्धमा केही खटपट आएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?