काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग भेटघाट गर्ने भएका छन् ।
सभापति देउवाले आगामी केन्द्रीय कार्यसमिति बैठकका विषयमा छलफल गर्नका लागि पार्टीका शीर्ष नेताहरुसँग आगामी सोमवार भेटघाट गर्न लागेको एक नेताले जानकारी दिए ।
कांग्रेसको केन्द्रीय समिति बैठक आगामी कार्तिक २१ गते शुक्रवार बस्न लागेको छ ।
नेताहरुमा कोरोना संक्रमण देखिएपछि दुई पटकसम्म रोकिएको बैठक शुक्रवार बस्न लागेको हो ।
यस अघि गत कार्तिक १९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । भने नेताहरुमा कोरोना संक्रमण देखिएपछि असोज २५ गतेसम्म बैठक सारिएपनि दशैँ अघि नबस्ने गरी बैठक स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया