काठमाडौं । धनुषामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-९ मालटोलस्थित सडकमा शनिवार राति ना५ ख ४९६ नम्बरको बसले गोरुगाडालाई ठक्कर दिंदा गाडा चालक हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
बसको ठक्करबाट २ वटा गोरु र एउटा भैंसीको समेत घटनास्थलमै मृत्यु भएको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया