तरुण दलद्वारा ६८ औँ स्थापना दिवसको अवसरमा स्वास्थ्यकर्मीलाई सहयोग

काठमाडौं । नेपाल तरुण दलले कोरोना रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

तरुण दलले आफ्नो ६८ औँ स्थापना दिवसका अवसरमा शुक्रवार एक कार्यक्रमकाबीच त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

४ हजार थान मास्क, ३० थान पीपीई सेट र ५२ थान फेस शिल्ड तरुण दल केन्द्रीय समितिद्वारा हस्तान्तरण गरिएको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।

उक्त स्वास्थ्य सामाग्री नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएको अध्यक्ष बस्नेतले बताए । साथै अध्यक्ष बस्नेतले स्वास्थ सामाग्री उपलब्ध गराएकोमा भण्डारी र खानलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?