२३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । बर्दियामा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-४ बस्ने ३२ वर्षीय गौना थारुलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेकोहो ।

गौनाले ती महिलालाई मंगलवार दिउँसो सोही नगरपालिका-४ पदनाहामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?