अब सिद्धार्थ बैंकको क्रेडिट कार्ड आवेदन अनलाईनबाटै दिन सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यहि कार्तिक १३ गते देखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।

अब क्रेडिट कार्डका लागि ग्राहक महानुभावहरुले भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्ड आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दिए पश्चात क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्र्पक गर्न सक्नेछन् । साथै, कार्ड तयार भईसके पश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?