पहिलो हप्तामा ५ वा त्यो भन्दा धेरै लक्षण देखिए लङ कोभिडको खतरा !

काठमाडौं । कोरोनाको संक्रमण भएपछि पहिलो हप्तामा पाँच वा त्यो भन्दा धेरै लक्षण देखिए लामो समयसम्म कोरोनाको असर रहिराख्ने अनुसन्धानबाट पत्ता लागेको छ ।

यो दाबी किंग्स कलेज लण्डनको रिसर्चले गरेको हो । रिसर्चमा पहिलो हप्तामा थकाई, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या, आवाज भारी लाग्ने, मांशापेशी र शरीर दुख्ने जस्ता लक्षण देखापरे लङ कोभिडको खतरा हुन्छ ।

यस्तोमा संक्रमितहरु ४ देखि ८ हप्तासम्म रिकभर हुँदैनन् । उनीहरुमा पोस्ट कोभिडको खतरा बन्छ । पोस्ट कोभिड अर्थात् लामो समयसम्म कोरोनाको साइड इफेक्टसँग लड्नू ।

रिकभरी पछि पनि खोकी, श्वासप्रश्वासमा समस्या, मांशापेशीहरु र शीर दुख्ने, धेरै थकाई लाग्ने जस्ता लक्षण देखिन्छन् ।

बेलायतका वैज्ञानिकले कोरोनका ४० हजार संक्रमितमा रिसर्च गरिएको थियो । यसमा बेलायत र स्विडेनका संक्रमित सहभागी थिए ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?