काठमाडौं । कोरोना भाइरसको भ्याक्सीनलाई लिएर अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अब छिटै नै कोरोनाविरुद्धको भ्याक्सीन पाइने बताएका छन् ।
उनले सबै ठीक भएमा डिसेम्बरको अन्त्मि वा जनवरीको शुरुवातसम्ममा कोरोनाविरुद्धको भ्याक्सीन पाइने बताएका हुन् ।

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै फैलिएको छ ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण लगभग एक वर्ष पुग्न लाग्दा विश्वका २१६ वटा देशहरुमा पुगिसकेको छ ।
If all goes well, the first doses of a safe and effective coronavirus vaccine will likely become available to some high-risk Americans in late December or early January, Dr Anthony Fauci, the top US infectious diseases expert, said on Thursday: Reuters #COVID19
— ANI (@ANI) October 29, 2020
हालसम्म विश्वमा ११ लाख ८६ हजार ३९३ जनाको मृत्यु भएको छ भने ४ करोड ५३ लाख ४७ हजार ७०० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ३ करोड २९ लाख ९५ हजार ९५२ जना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया