आज शरद पूर्णिमा : राती देखिनेछन् चन्द्रमाका षोडशकला

काठमाडौं । ३० अक्टोबर अर्थात् आज शरद पूर्णिमा पर्व मनाइँदैछ ।

आज राती नै चन्द्रमा १६ कलाले सजिनेछ । शरद पूर्णिमाको रातीमा चन्द्र पूजा र चाँदीको बर्तनमा दूध र चामलले बनेको खीर चन्द्रमाको प्रकाशमा राख्ने परम्परा रहेको छ ।

आजको चन्द्रोदय साँझ ५ः२० बजे चन्द्रोदय हुनेछ ।

त्यसैले रातभर पूर्णिमा तिथि रहनेछ । त्यस्तै ३१ अक्टोबर अर्थात् भोली पूर्णिमा तिथिको व्रत बस्ने गरिन्छ । त्यो दिन दान र पूर्णिमामा हुने पूजापाठ गरिन्छ ।

त्यो दिन राती ८ बजे पूर्णिमा तिथि सकिन्छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?