काठमाडौं । नीस शहरको एक चर्चमा बिहीवार तीन जनाको हत्या गर्ने हत्यारा ट्यूनिशियाका नागरिक रहेको पत्ता लागेको छ ।
उनी इटालीबाट फ्रान्स पुगेका थिए । उनको उमेर करिव २० वर्षको रहेको बताइएको छ । फ्रान्सको एन्टी टेरर डिपार्टमेण्टले यो जानकारी दिएको हो ।
यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गरेका छन् । यो मुस्किल समयमा अमेरिका फ्रान्सको साथमा रहेको उनले बताएका छन् । यूरोपियन यूनियनले पनि घटनाको निन्दा गरेको छ ।
उक्त हत्यारा २० सेप्टेम्बरमा इटालीबाट फ्रान्स गएका थिए । साथै ९ अक्टोबरमा पेरिस पुगेका थिए ।
उनीसँगबाट एक धार्मिक ग्रन्थ पनि फेला परेको छ । पुलीसको कारवाहीमा हत्यारा गम्भीर रुपमा घाईते भएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया