काठमाडौं । युरोपा लिग फुटबलमा लेस्टर सिटीले जित हात पारेको छ । बिहिवार राति भएको समूह चरणको खेलमा लेस्टर सिटीले ग्रिकको क्लब एइके एथेन्सलाई २–१ गोलले पराजित गरेको हो ।
:focal(800x325:802x323)/origin-imgresizer.eurosport.com/2020/10/29/2924926-60092488-2560-1440.jpg)
जेमी भार्डीको पेनाल्टीमा पाहुना टोली लेस्टरले सुरुवातमै आग्रता बनाएको थियो । हमजा चोधरीले ३९ औं मिनेटमा लेस्टरको अग्रता दोब्बर बनाए ।
![]()
घरेलु टोलीका मुअम्बर टेन्कोविकले ४९ औं मिनेटमा एक गोल फर्काएका थिए ।
सुरुवाती दुवै खेलमा जित निकाल्दै लेस्टर शीर्ष स्थानमा छ । एथेन्स क्लब अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया