काठमाडौं । युरोपा लिग फुटबलमा आर्सनलले जित हात पारेको छ । बिहिवार राति भएको समूह चरणको खेलमा आर्सनलले रिपब्लिक अफ आयरल्याण्डको क्लब डुनडल्कलाई ३–० गोलले पराजित गरेको हो ।

आर्सनलको जितमा एडवर्ड निक्केया, जोसेफ विलोक र निकोलस पेपेले समान एक एक गोल गरे ।

आर्सनलले समूह चरणको सुरुवाती दुवै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । डुनडल्क भने अंक विहिन हुँदै पुछारमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया