स्टायाण्डर्ड चार्टर्ड बैंकको लाभाशं प्रस्ताव, कति प्रतिशत दिँदै छ बोनस र नगद ?

काठमाडौं । स्टायाण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने धोषणा गरेको छ ।

स्टायाण्डर्ड चार्टर्ड बैंकको बिहीवार ४०३ औँ सञ्चालक समितिको बैठकले ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अधि सारेको हो । उक्त लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने छ ।

स्टायाण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गरेको ११.८४ प्रतिशत लाभांश मध्ये ७ प्रतिशत बोनस शेयर वितरण गरिने छ भने बाँकि ४ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गरिने प्रस्ताव अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?