मिलानको लगातार दोस्रो जित

काठमाडौं । युरोपा लिग फुटबलको समूह चरण अन्तरगतको खेलमान इटालियन क्लब एसी मिलानले लगातार दोस्रो जित हात पारेको छ । बिहिवार राति भएको समूह एचु को खेलमा मिलानले स्पार्टा प्राग्वेलाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

AC Milan 3-0 Sparta Praha: Brahim Diaz, Leao and Dalot shine as Rossoneri  move top of group

घरेलु मैदानमा ब्राहिम डियाजले २४ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३६ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए ।  तर, ५७ औं मिनेटमा राफेल लिओले गोल गर्दै मिलानलाई २-० अग्रता दिलाए ।

Player Ratings: AC Milan 3-0 Sparta Praha - Midfielder earns MOTM; loanee  shines
त्यसपछि खेलको ६७ औं मिनेटमा डिएगो डालोटले गोल गर्दै मिलानलाई ३-० को जित दिलाए । जितसँगै मिलानले २ खेलमा ६ अंक जोडेको छ । मिलान तालिकाको शीर्ष स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?