शुक्रवार अधिकांश मुद्राको भाउमा बढोत्तरी, कस्तो छ आजको विनिमयदर ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ । यस्तै बिहीवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५१ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा तोकेको छ । बिहीवार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३९ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो ।

शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा निर्धारण गरेको छ । एक दिन अगाडि बिहीवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१५ रुपैयाँ २८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?