आईपीएलमा आज पञ्जाव र राजस्थान भिड्दै, दुबैलाई जित्नै पर्ने दवाव

काठमाडौं । आईपीएलको ५० औँ म्याचमा आज किंग्स इलेभन पञ्जाव र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

राजस्थानका लागि यो म्याच एलिमिनेटरको जस्तै छ । यदि स्मिथको टीमले यो म्याच हारेमा प्लेअफको ढोका बन्द हुनेछ ।

खेल हारेमा चेन्नई पछि प्लेअफबाट बाहिरिने दोश्रो टीम राजस्थान बन्नेछ । त्यस्तै पञ्जाव सीजनमा सातौँ जीत दर्ता गर्ने दाउमा रहेको छ ।

साथै खेल जित्दै अंकतालिकाको ४ औँ नम्बरमा यथावत रहने प्लना पञ्जाव मैदान उत्रिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?