काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख ८६ हजार २१४ जनाको मृत्यु भएको छ भने ४ करोड ५३ लाख १९ हजार ६३० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड २९ लाख ९१ हजार ६२७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख ३४ हजार १७७ जनाको मृत्यु भएको छ भने ९२ लाख १२ हजार ७६७ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ५९ लाख ८३ हजार ३४५ जना संक्रमण मुक्त भएका छन् भने २९ लाख ९५ हजार २४५ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै १६ हजार ९५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकाको टेक्सासमा हालसम्म ९ लाख ४२ हजार ४८६ जनालाई संक्रमण भएको छ भने १८ हजार ४०२ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा १७ हजार ५७१ जनाको मृत्यु भएको छ भने ९ लाख २५ हजार ५५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ७ लाख ९४ हजार ६२४ जनालाई संक्रमण भएको छ भने १६ हजार ६५६ जनाको मृत्यु भएको छ ।
अमेरिकामा बिहीवार हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । बिहीवार अमेरिकामा ९१ हजार ५३० जनालाई संक्रमण भएको छ भने १ हजार ४७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया